विरामी आमा अस्पतालको ढोकामा राखेर गुहार मागिररहे छोराले, उपचार नपाएर आमाको मृत्यु
नयाँ दिल्ली (एजेन्सी)। भारतमा अस्पतालको एक निकै लापरबाहीपूर्ण कृत्यको कारण एक महिलाको मृत्यु भएको छ। घटना उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हो। भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँको एक सरकारी अस्पतालमा एकजना विरामी आमाको उपचारका लागि अस्पताल पुगेका थिए।
विरामी आमालाई अस्पतालको ढोकामा राखेर उनले गुहार मागिरहे। तर, कुनै पनि चिकित्सकले उनको उपचार गर्न मानेनन्। अन्तः ती विरामीको अस्पतालको ढोकामै मृत्यु भयो।
कोरोना महामारीका कारण अस्पताल जाने विरामीहरुले अहिले सेवा पाउन छोडेका छन्। चिकित्कसहरुले विरामीहरुलाई राम्रोसँग उपचारसमेत गर्दैनन् कोरोनाको डरले। यो घटना पनि कोरोनाको डरका कारण भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment