निगमका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण

डिसी नेपाल
२२ असार २०७७ १७:४५

काठमाडौं । नेपाल वायु सेवा निगमका तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगमले जनाएको छ। होटल क्वारेन्टिनमा रहेका कर्मचारीहरुमा कोरोना देखिएको हो। नापर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमितको शीर्घ स्वास्थ्य लाभको कामना गरेका छन्।

ट्वीटरमा मन्त्री भट्टराईले लेखेका छन्, ‘नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दुस्ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’


विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि खटिएका निगमका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *