बाल गायिका आयुशा गौतम र डिआर सुजनको नयाँ गीत ‘दुखी बाहुन’ बजारमा

डिसी नेपाल
२३ असार २०७७ १२:२३
4
Shares

काठमाडौँ । बाल गायिका आयुशा गौतम र गायक डिआर सुजनको नयाँ गीत ‘दुखी बाहुन’ बजारमा आएको छ।

पछिल्लो समय जातीय रुपमा केही थर विशेषले आरक्षण पाउने र दुखी र गरीब भएपनि बाहुनकै कोखमा जन्म लिएका कारण उनीहरुले राज्यबाट केही सहयोग नपाउने परिवेशलाई शब्दमा टपक्क टिपेर डिआर सुजनले दुखी बाहुन नामक गीत बजारमा ल्याएका हुन् । उक्त गीतमा डिआर सुजनको शब्द, संगीत, निर्देशन र अभिनय रहेको छ ।

इमेज लोक कलाकार बिजेता तथा चर्चित गायक राम कुमार नेपाली, फुली नाकैमा गीतकी गायिका आयुशा गौतम, निरु कार्की र बिरेन्द्र एसबीको स्वर रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा मेरी बास्सैका चर्चित कलाकारहरु दिवाकर भण्डारी (सापटे), लेखान्त भुसाल (घिरौँले), सरास्वती फुँयाल, डिआर सुजन लगायत केदार न्यौपाने, श्रीजना रोका (चुइसी), सन्तोष सुबेदी, अर्जुन कार्की, सिताराम थापा र बिमल खड्काको अभिनय रहेको छ।

यस्तो छ दुखी बाहुनको भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *