प्रदेशीको पीडा : ‘पैसाको रुख, मनको सुःख, छैन विदेशमा’ (भिडियो सहित)

डिसी नेपाल
२२ असोज २०७५ ४:११

काठमाडौं । ‘पैसाको रुख, मनको सुःख, छैन विदेशमा’ बोलको गीत सार्वजनिक भएको छ। प्रदेशमा बस्ने नेपालीहरुबाट हाम्रो नेपाली समाजले गरेको आशा, विशेषगरी त परिवारले गर्ने आशालाई रोजगारको खोजीमा जाने युवाहरुले आफ्नो पीडालाई यसै गीत मार्फत यसरी बताइएको छ।

गायक रामकृष्ण ढकालको स्वरमा रहेको उक्त बोलको गीतको शब्द सिर्जना राम खनालले गरेका छन्। त्यस्तै रमेश खडायतको संगीत रहको छ।

त्यस्तै महाराज थापाल ब्यवस्थापन गरेको उक्त गीत भिडियोको मिक्स र मास्टरिङ्ग किशोर थापाले गरेका छन्। अडियो रेकडिङ्ग भने कडरिया इन्टरटेमेन्टले गरेको छ। जसमा रमेश कार्की र लक्ष्मी बार्देवाको अभिनय देख्न सकिन्छ।

बुद्ध लामोले छायांकन गरेको उक्त गीतको सम्पादन रुपेश खड्काले गरेका छन् भने निर्देशन निकेश खड्काको रहेको छ।

(हेर्नुहोस् भिडियोे)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *