गण्डकी प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण, ३५३ जना निको

डिसी नेपाल
२४ असार २०७७ १४:१९

काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ३ गरी १६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ।

यस्तै, हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये ३५३ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *