भोटेकोसीको बाढीले अरनिको राजमार्ग अवरुद्ध

डिसी नेपाल
२५ असार २०७७ १२:४५
24
Shares

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बाढी आउँदा बगाएर दुई जनाको मृत्यु भएको छ । उक्त बाढीमा परी १८ जना बेपत्ता भएका छन् ।

राति १२ बजेदेखि आएको बाढीले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बुमा पर्ने अरनिको राजमार्गमा क्षति पुर्याउँदा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाबीच सम्बन्ध बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

भोटेकोसीमा आएको बाढीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको जुरोमा भोटेकोसीले सडक बनाएपछि अरनिको राजमार्ग अवरुद्ध भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *