हलिउड अभिनेत्री नाया रिभेराको डुबेर मृत्यु भएको आशंका, उद्धार कार्य जारी

डिसी नेपाल
२५ असार २०७७ १४:१८

काठमाडौं। हलिउड अभिनेत्री नाया रिभेरा अमेरिकाको क्यालिफोर्नियास्थित एक तालमा बेपत्ता भएकी छिन् । ३३ वर्षीया रिभेरा दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएकी थिइन् । उनका छोरा एक्लै भेटिएका छन् र रिभेरा बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको छ ।

सीएनएनका अनुसार भेन्टुरा काउन्टीको लेक पिरुबाट बुधबार बेलुकीदेखि रिभेरा हराइरहेकी छिन् । उनी सम्भवतः डुबेको हुन सक्ने आशंका गरिएको छ । बुधबार दिउँसो रिभेरा भाडामा लिइएको डुंगा लिएर तालमा गएकी थिइन् । उनीहरु तालमा गएको करिब ३ घण्टापछि अर्का डुंगा चालकले तालको बीचमा डुंगा देखेका थिए । डुंगामा रिभेराका छोरा निदाइरहेका थिए र रिभेरा थिइनन् ।

अधिकारीहरुले हवाइ र गोताखोरको माध्यमबाट खोजी गरिरहेको बताइएको छ । उनका नाबालक छोराबाट धेरै जानकारी पाउन कठिन भएको अधिकारीले बताएका छन् । बालकका अनुसार उनीहरु पौडी खेल्न गएका थिए तर पनि उनकी आमा डुंगामा फर्किइनन् । अधिकारीहरुका अनुसार बालकले भेटिँदा लाइफ ज्याकेट लगाइरहेका थिए तर सम्भवतः आमाको लाइफ ज्याकेट डुंगामै भेटिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *