अफ्रिकामा तीव्र रुपमा फैलिदैं कोरोना

डिसी नेपाल
२५ असार २०७७ १६:५७

बीबीसी । अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। हामीले यो महादेशभरिको स्थिति नियाल्यौँ र सबभन्दा चिन्ताजनक देखिएका देशहरूको समीक्षा गर्‍यौँ।

समग्र सङ्ख्याको हिसाबमा अफ्रिकाले विश्वको कुल सङ्ख्याको अहिलेसम्म निकै थोरै मात्र सङ्क्रमण बेहोरेको छ। तर कतिपय देशमा भइरहेको सङ्क्रमण विस्तारको गति भने चिन्ताजनक छ।

अफ्रिकामा पहिलो एक लाख सङ्क्रमितको सङ्ख्या पुग्न १०० दिन लागेको थियो। तर त्यो दोबर हुन केवल १८ दिन लाग्यो। अर्को २० दिनमा त्यो फेरि दोबर भएर चार लाख पुग्यो।

यो तीव्र प्रसार कोरोनाभाइरसबाट प्रभावित विश्वका अन्य भागको जस्तै देखिन थालेको छ। डब्ल्यूएचओका अनुसार अधिकांश अफ्रिकी देशमा अब सामुदायिक स्तरमा सङ्क्रमण फैलिन थालेको छ।

यो भनेको बाहिरबाट आएका कसैसँग सम्पर्क नभएका वा देशभित्र पुष्टि भइसकेका कसैसँग सम्पर्क नभएका व्यक्तिहरूमा पनि सङ्क्रमण पाइनु हो। दक्षिण अफ्रिका र इजिप्टमा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन्। जुन महिनाको अन्तिमसम्म ती दुई देशमा समग्र महादेशको ६० प्रतिशत सङ्क्रमित थिए।

दक्षिण अफ्रिकामा सबभन्दा धेरै सङ्ख्यामा सङ्क्रमित अनि इजिप्टमा सबभन्दा धेरै सङ्ख्यामा मृत्यु भएको पाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *