छोटो दुरीमा सार्वजनिक यातायात खुलाउने निर्णय

डिसी नेपाल
२५ असार २०७७ १७:२१
28
Shares

काठमाडौं। सरकारले गएको चैत ११ गतेदेखि लकडाउनका कारण बन्द भएको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। उनका खनुसार सरकारले काठमाडौं उपत्यकालाई एक जिल्ला मानेर तथा अन्य जिल्ला भित्रमात्र सञ्चालन गर्न पाउने गरी सार्वजनिक यातायात खोल्ने निर्णय गरेको हो।

यस्तै ट्याक्सी पनि सञ्चालन गर्न पाइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए। तर, यसरी सार्वजनिक यातायात खोल्ने निर्णय गरे पनि केही शर्त भने पूरा गर्नुपर्ने छ। ट्याक्सीमा दुईजनाभन्दा धेरै यात्रु राख्न नपाइनmे स्यानिटाइजरको प्रयोग गर्नुपर्ने लगायतका शर्त रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *