बैठक सकेर निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन

डिसी नेपाल
२५ असार २०७७ १९:२९

काठमाडौं । आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै बताएका छन्।

राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी आफ्नो देश शोकमा रहेको जनाएका छन् । ६१ वर्षीय अमदोउ यसै वर्ष अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ पार्टीबाट उम्मेदवार चयन भएका थिए ।

दुई महिनासम्म उपचारका क्रममा फ्रान्स बसेपछि भर्खरै उनी स्वदेश फर्किएका थिए । अमदोउकी श्रीमती र पाँच छोराछोरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *