बाढि–पहिरो पीडितको उद्धारमा खटिन कांग्रेसका नेता तथा कार्यकर्तालाई महामन्त्री कोइरालाको आग्रह
काठमाडौं। देशका विभिन्न स्थानमा अविरल वर्षासँगै बाढि पहिरो गएर जनधनको क्षति भएपछि उद्धारमा खटिन काँग्रेस महामन्त्री डा. शसांक कोइरालाले काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश दिँदै महामन्त्री कोइरालाले नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई पिडीतको उद्धारमा खटिन आग्रह गरेका हुन्।
कोइरालाले बाढि–पहिरोका घटनामा परी परिवारजन गुमाएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गरेका छन्। महामन्त्री डा. कोइरालाले पीडितको तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
बाढी पहिरोले पुर्याएको जनधनको क्षतिले अत्यन्तै दुःखी तुल्याएको छ।
परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्दै पीडितको उद्धार का लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दछु ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन समेत आग्रह गर्दछु।
जय नेपाल ।— Dr Shashank Koirala (@DrShashankKoir1) July 10, 2020
No ads found for this position



डिसी नेपाल
Facebook Comment