दिपाश्री विवादमा प्रियंका कार्कीले दिइन् सामाजिक सञ्जालमा प्रतिक्रियाः कसैको पनि चरित्र हत्या गर्नु ठिक होइन

डिसी नेपाल
२७ असार २०७७ १८:२८

काठमाडौं। नेपाली रंगमञ्चमा पछिल्ला दिनहरुमा ‘महानायक’ को भन्ने विवाद चलिरहेको छ। अभिनेत्री दिपाश्री निरौलाले अभिनेता महानयक नभएको बताएपछि उनी विवादमा तानिएकी छन्। यसै सन्दर्भमा कलाकारहरुले आ आफ्नो तर्क राखिरहेका छन्।

शनिबार अभिनेत्री प्रियंका कार्कीले पनि यो विषयमा मुख खोलेकी छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै यो विषयमा प्रतिक्रिया दिएकी हुन्। उनले कसैको तर्क मन परेन भन्दैमा चरित्र हत्या गर्न नहुने बताएकी छन्। उनले भनेकी छन्, ‘अश्लील गालीगलोच र चरित्रहत्या कृपया नगरिदिनुस्। एउटा गलत बोली या तर्कले कोही व्यक्तिका चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।’

उनले गल्ती भएमा दर्शकहरुले गल्ती सच्याउनका लागि भन्न सक्ने र त्यसलाई स्वीकार पनि गरिने तर गालीगलोच भने गर्न नहुने बताएकी छन्।

कार्कीको स्टाटस

चलिरहेको आदरणीय दिपा दिदीको बिवादले हामी सबैको ध्यान आकर्षण भएको छ। यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु।
कसैको तर्क, भाव या बिचार आफूलाई चित्त नबुझे आवाज उठाउने अधिकार तपाईँ सबैमा सुरक्षित छ। चित्त नबुझेको कुरा राख्नुस, उहाँलाइ सकारात्मक ढंगले सच्उयाउनुस। उहाँ लगायत हामी सबै तपाईंहरुबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्यसै गरि, हामीबाट केही गल्ती भएमा हामीलाई सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाई छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्याउने क्रममा अश्लील गालीगलोच र चरित्रहत्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

हाम्रो आफन्त, आफ्नै छोरा–छोरीले केही गल्ती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र ? गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गल्ती औल्याउँदै अगाडि बढ् हौसला दिन्छौ, माफी मागे स्वीकार छौं। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र?
आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन र? यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध।

https://www.facebook.com/priyanka.karky/posts/10158346732385675

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *