टेस्ट क्रिकेटमा बेन स्टोक्सको नयाँ रेकर्ड

डिसी नेपाल
२८ असार २०७७ १६:२०

काठमाडौं । ईङल्यान्डका कार्यवाहक कप्तान बेन स्टोक्सले जारी वेस्टईन्डिज र ईङल्यान्ड बिरुद्वको टेस्टमा आफ्नो खातामा नयाँ रेकर्ड जोडन सफल भएका छन । उनले क्रिकेटको सबैभन्दा लामो फरम्याटमा तिव्र गतिमा १५० विकेट लिने र चार हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन । स्टोक्सले यो किर्तिमान जारी वेस्टईन्डिज र ईङल्यान्ड बिरुद्वको पहिलो टेस्टमा पुरा गरेका हुन । एसेज बाउलमा स्टोक्सले चार विकेट लिदै वेस्टईन्डिजलाई ३१८ रनमा रोकेका थिए ।

स्टोक्सले वेस्टईन्डिजका अल्जारी जोसेफको विकेट लिदै जारी टेस्टमा तेस्रो तथा आफ्नो करियरमा १५० विकेट पुरा गरेका हुन । यसअघि यो लिस्टमा वेस्टईन्डिजका गेरी सोबर्स, ईङल्यान्डका इयान बाथम, भारतका कपिल देव, दक्षिण अफ्रीकाका ज्याक्स कालिस र न्युजिल्यान्डका डेनियल विटोरीको नाममा रहेको छ ।

स्टोक्स तिव्र गतिमा १५० विकेट लिने र चार हजार रन बनाउने दोस्रो खेलाडी हुन । यसअघि यो किर्तिमान गेरी सोबर्सको नाममा रहेको थियो । सोबर्सले ६३ टेस्टमा यो उपलब्धि हात पारेका थिए भने स्टोक्सले ६४ टेस्टमा उपलब्धि हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.