रशिद खान भन्छन्–अफगानिस्तानले विश्वकप नजिति बिहे गर्दिन
काठमाडौं । अफगानिस्तानका स्टार क्रिकेटर रशिद खानले अफगानिस्तानले विश्वकप नजिति बिहे नगर्ने बताएका छन्। २१ वर्षिय लेग स्पिनर रशिद खानले एक रेडियोसँग अन्तर्वार्तामा उक्त कुरा बताएका हुन्।
उनले अफगानिस्तानको अजादी रेडियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘‘अफगानिस्तानले विश्वकप जितेमात्र मैले बिहे गर्छु, त्यसपहिले बिहेको योजना समेत बनाउन सक्दिन।” रसिद खान आइसिसी टि२० बरियताको बलरतर्फ शीर्ष स्थानमा रहेका छन।
रसिद खान इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदरावादका एक महत्त्वपूर्ण खेलाडी हुन।उनले सन २०१७ मा आइपिएलमा डेब्यु गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment