कोरोना महामारीपछिको पहिलो टेष्टः इंग्ल्याण्डमाथि वेष्ट ईण्डिजको जित
काठमाडौं । इंग्ल्याण्ड र वेष्ट इण्डिजबीचको पहिलो टेष्टमा वेष्ड इण्डिजले जित निकालेको छ। कोरोना महामारीले गर्दा भएको लकडाउनका कारण करीब ४ महिनापछि भएको पहिलो टेष्टमा वेष्ट ईण्डिजले ४ विकेटले जित हासिल गरेको हो।
इंग्ल्याण्डको साउथह्याम्पटनस्थित रोज बाउल मैदानमा भएको पहिलो टेष्टको पाचौँ दिन इंग्ल्याण्डले दिएको २०० रनको लक्ष्य ईण्डिजले ६ विकेट गुमाएर पुरा गरेको हो। अन्तिम दिन २०० रनको लक्ष्य पछ्याएको वेष्ट ईण्डिजको जितमा जर्मेन ब्ल्याकउडले सर्वाधिक ९५ रन बनाए। उनले १५४ बलमा १२ चौकोको मद्दतमा ९५ रन बनाएका हुन्। यस्तै रोस्टन चेजले ३७ रन बनाए। इंग्ल्याण्डका जोफ्र आर्चरले ३ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले पहिलो पारीमा २०४ रन बनाएको थियो। त्यसका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका थिए। पहिलो पारीमा वेष्ट ईण्डिजका कप्तान ज्यासन होल्डरले ६ विकेट तथा शेनन ग्याब्रिएलले ४ विकेट लिएका थिए। यसैगरी वेष्ट ईण्डिजले पहिलो पारीमा ३१८ रन बनाएको थियो। ईण्डिजका क्रेग ब्रेथवेटले ६५ रन तथा विकेटकिपर शेन डोरिचले ६१ रन बनाएका थिए। यस्तै रोस्टन चेजले ४७रन बनाउँदा समा ब्रुकसले ३९रन बनाएका थिए। पहिलो पारीमा इंग्ल्याण्डका जेम्स एण्डरसनले ३ तथा कप्तान स्टोक्सले ४ विकेट लिएका थिए।
दोस्रो पारीमा ब्याटिङ गरेको इंग्ल्याण्डले ३१३ रन बनाउँदै वेष्ट ईण्डिजलाई २०० रनको लक्ष्य दिएको हो। दोस्रो पारीमा ईंग्ल्याण्डका ज्याक क्रलीले ७६ रन बनाउँदा डोम सिब्लेले ५० रन बनाए। बेन स्टोक्सले ४६ तथा रोरी बन्र्सले ४२ रन बनाए। इण्डिजका शेननु ग्याब्रियलले ५ विकेट लिए।
यो जितसँगै ३ खेलको टेष्ट सिरिजमा वेष्ट ईण्डिजले १–० ले अग्रता लिएको छ। दोस्रो टेष्ट १६ जुलाईमा म्यानचेष्टरमा हुनेछ।







डिसी नेपाल








Facebook Comment