भव्य आर्कब्रिजमा ‘रोशनी’ को गहना (फोटोफिचर)

डिसी नेपाल
२९ असार २०७७ ११:२५

काठमाडौं । काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज) मा आकर्षक बत्ती जडान गरिएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले आकर्षक बत्ती जडान गरिएको हो ।

सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा सुन्दर बत्तीहरु जडान गरिएको छ । जडान गरिएका बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने भएकाले पुल मात्रै नभएर पुल वरिपरिका सम्पूर्ण भाग सुन्दर र उत्कृष्ट देखिएको छ । पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गरिएको हो ।

यो पुल निर्माणका लागि विसं २०७१ पुसमा ठेक्का सम्झौता भएको थियो । जेइ कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *