म्यानचेस्टर सिटीमाथिको दुई बर्षे प्रतिबन्ध हटाईयो

डिसी नेपाल
२९ असार २०७७ १७:५७

काठमाडौं । सोमबार खेल अदालतले म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा भाग लिन नपाउने दुई वर्षको प्रतिबन्ध हटाएको छ। खेल अदालतले युरोपेली फुटबलको शासित निकाय (यूईएफए)को प्रतिबन्ध बिरूद्ध टोलीको अपीललाई समर्थन गर्दे निर्णय लिएको हो । साथै अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न नसकेकोमा टिमलाई १० मिलियन यूरो जरिवाना लगाएको छ। तिन न्यायाधीशहरूको प्यानलले अर्को सिजनको च्याम्पियन्स लिगको समूह चरणमा कोच पेप गार्डियोलाको टिमलाई खेल्न अनुमति दिएको छ।

यो निर्णयले हालको सिजनमा प्रतिस्पर्धामा रहेको सिटीको स्थितिलाई असर गर्ने छैन। प्रतियोगिता अर्को महिना शुरू हुनेछ। सिटीको पक्षमा निर्णय भएपछि टिमले अर्को सत्रमा (यूईएफए) पुरस्कारमा १० लाख पाउने हकदार हुनेछ। यूईएफएले क्लबको वित्तीय मामिला सम्बन्धी निगरानीको नियममा गम्भीर उल्लङघन गरेको आरोप लगाउँदै फेब्रुअरीमा म्यानचेस्टर सिटीलाई प्रतिबन्ध लगाएको थियो ।

क्लबमाथि अनुसन्धानकर्ताहरुलाई सहयोग गर्न असफल भएको आरोप पनि छ। साथै आरोप छ कि अबूधाबीको शाही परिवारको स्वामित्वमा रहेको सिटीले यूईफालाई धेरै वर्षदेखि वित्तीय नियमहरूमा अल्झाएको थियो जसलाई ‘फाइनेन्सियल फेयर प्लेु’ भनेर चिनिन्छ। जुन यूरोपीयन क्लब प्रतियोगिताहरूमा प्रवेश गर्न आवश्यक हुन्छ ।

म्यानचेस्टर सिटीले उक्त आरोपहरू खारेज गर्दै टिममाथि लगाइएको आरोपहरू सत्य नभएको बताउर्दै आएको थियो। म्यानचेस्टर सिटी क्लब हाल इङलिश प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको छ। लिगमा शीर्ष चारमा रहने टोलीहरू च्याम्पियन्स लिगमा स्थान बनाउने छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.