ग्रानडा विरुद्वको जितसंगै ला लिगामा रियाल म्याड्रिड उपाधि नजिक

डिसी नेपाल
३० असार २०७७ १५:१५

काठमाडौं । रियाल म्याड्रिडले ग्रानडालाई २–१ ले पराजित गर्दै स्पेनिश फुटबल लिग ला लिगाको उपाधि उपाधि नजिक पुगको छ । यो जितसंगै रियाल उपाधि भन्दा मात्र दुई अंकले पछाडि रहेको छ । रियाल म्याड्रिडले पहिलो हाफमा फरल्यान्ड मेन्डी र करीम बेन्जेमालेको गोलमा लगातार नवौं जित हातपारेको छ। यो जितसंगै जिनेडिन जिडानको टिम दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा चार अंकले अगाडि रहेको छ ।

रियाल म्याड्रिडले लिग फिर्ता भएपछि आफ्नो प्रत्येक खेलहरु जितेको छ। टिमले बिहीबार भिलारियलसँगको जितसंगै २०१७ पछि पहिलो उपाधि जित्नेछ। यदि बार्सिलोनाले ओसासुना बिरुद्धको अंक गुमाए पनि रियल म्याड्रिडले उपाधि जित्ने सम्भावना कायमै रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *