के प्रधानमन्त्रीले यही आधारमा अयोध्या नेपालमै छ भनेका हुन्? 

डिसी नेपाल
३० असार २०७७ २२:०५

काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवरमा नेपाल प्रज्ञाप्रष्ठिानले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा भगवान रामको जन्मभूमि अयोध्या भारतमा नभएर नेपालमै भएको अभिव्यक्ति दिएपछि त्यसको देश भित्र र बाहिर (भारत)मा तिब्र प्रतिक्रिया उत्पन्न भएको छ। समाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन्।

भारतमा हिन्दुवादी पार्टी भाजपा सरकारमा भएको र नेपाल–भारत सम्बन्धमा चिसोपना आइरहेका बेला प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको हो। यतिमात्र होइन भारतको सर्वोच्च अदालतमा लामो सयमसम्म चलेको रामको जन्मभूमिबारेको मुद्दा पनि हालै किनारा लागेको छ र रामको जन्मभूमि भारतको अयोध्या नै रहेको भारतीय सर्वोच्च अदालतले फैसला गरेको छ।

प्रधानमन्त्री ओलीकै पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले दुईवर्ष अगाडि प्रधानमन्त्री ओलीले यो विषयमा कुरा गरेको र त्यतिबेला आफूले कुनै तथ्य प्रमाण नभई यस्तो विषयमा नबोल्न सुझाव दिएको मंगलबार जनाएका छन्।

के प्रधानमन्त्री ओलीले कुनै अध्ययन नै नगरी अयोध्या नेपालमै रहेको र रामको जन्मभूमि नेपाल नै हो? भनेका हुन् त? के प्रधानमन्त्री ओलीले अध्येता लोकमणि पौडेलले गरेको अध्ययनलाई आधार मानेका हुन् त?

पौडेलेले भनेका छन्, ‘जुन अयोध्यालाई हामी लगायत पूरा विश्वले रामको जन्मभूमि मानिरहेको छ, त्यो आजभन्दा झण्डै डेढ सय वर्ष अगाडि हिन्दू र मुस्लिमका बीचमा झगडा पार्न केही क्रिश्चियनहरुद्वारा रचिएको नियोजित प्रोपगण्डा थियो। वास्तविक अयोध्या त्यो होइन। लखनऊ नजिकै रहेको उक्त ठाउँको वास्तविक नाउँ फैजावाद हो।’

पौडेलले आफ्नो अध्ययनको निश्कर्षमा भनेका छन्, ‘ अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामाकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिए पश्चात् हिन्दू मुसलमानबीच फाटो मात्रै भएन हिन्दूहरु नै सो ठाउँ लाई रामजन्मभूमि सिद्ध गर्न टुप्पी कसेर लागिपरे। त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर हामी नेपालीले समेत वास्तविक रामजन्म भूमिका रूपमा मान्दै आएका छौं। तर सो ठाउँ लाई रामजन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरु तर्फ भने हाम्रो ध्यान गएको छैन।’

भारतमा रहेको अयोध्या नक्कली मान्नका लागि पौडेलले निकालेका निश्कर्ष यस्ता छन्ः

१ सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दूरी पाँच सय किलोमिटर भन्दा धेरै छ। पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन। पाँच सय किमी दूरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ। रथ तान्ने घोडाहरु लगातार हिँडिरहन सक्दैनन्।

२ सूननदी पतनदीको किनारमा नेपाल भित्र अवस्थित वाल्मीकि आश्रमको ऐतिहासिकता र प्रामाणिकताका बारे मा पनि कसैलाई सन्देह छैन। धोबीको कुरा सुनेर रामले सीतालाई वनबास पठाएको कुरा रामायण मा वर्णन गरिएको छ। लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम नजीकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ। लखनऊ नजीकैको अयोध्याबाट वाल्मीकि आश्रमको सिधा दूरी करीब ३०० किलोमिटर छ। भने पछि जाऊ आऊ गर्दा ६०० किमी पुग्छ। ६०० किमी बाटो रथको सहायताले एकैदिनमा पूरा गर्न सम्भव कुरै होइन।

३ रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ। सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामका जिम्मा लगाउने वाल्मीकिको योजना थियो। त्यो बेला उनीहरु को भेट भएको ठाउँ अहिलेको देवघाट हो। त्यो बेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन्। यसबाट दुःखी भएकी सीताले धरती माता लाई पुकारिन्। धरती फाटिन् र सीता धरतीमा समाहित भइन् भन्ने वर्णन रामायणमा छ र त्यसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ। त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरुको भीड लाग्छ। लखनऊस्थित अयोध्यामा बसेका राम कहिलेकाहीं विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन। बरु देवघाट नजीकै ठाउँलाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ।

४ शिकार खेल्न रामका पिता दशरथ अहिलेको स्याङ्जा पर्वत र कास्की को संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ। उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए। स्याङ्जामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो। अहिले मानिरहेको नक्कली अयोध्याबाट शिकार खेल्न पाँच छ सय किमी पर आउने कुनै सम्भावना हुन्छ तर<

५ रामका चारै जना दाजूभाईलाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरु छन् । रामहरु किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्रसँगै राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । त्यो कोशी नदी अहिले नेपालमै बगिरहेको कोशी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजीकैको अयोध्याबाट घुम्दै हाम्रो कोशी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन।

सक्कली अयोध्या नेपालमै रहेको मान्न सकिने आधारः

सक्कली अयोध्याबारे अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिलेसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो। अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ। जो प्राचीन समयदेखि नै अयोध्यापुरी कै नामले जानिन्थ्यो। जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो। त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ।

१ सो ठाउँबाट जनकपुरको सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ।

सरयू नदीको प्रसंग : संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ। त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी। सरयूको अर्को नाम सरस्वती पनि हो। सरस्वतीलाई पारावतघ्नि पनि भनिन्छ। त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो। अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ।

३ देवघाटसँगै मात्र होइन माडीभन्दा केही दक्षिणतर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ। तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमा भित्र पर्छ। वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ।

४ अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ। अयोध्यापुरी देखि उत्तरतिर रामपुर छ। अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ। उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन। पाल्पामा पनि रामपुर छ। रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तर्ध्यान भ एका थिए। रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ। वरिपरि का रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *