क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

डिसी नेपाल
१६ वैशाख २०८१ ८:३९

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज तोकिएको छ। काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको हो ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ ९छ० लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम् सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *