नेपालभरका अशक्त नागरिकको काठमाडौं महानगरले नि:शुल्क उपचार गरिदिने

डिसी नेपाल
१६ वैशाख २०८१ १४:१८

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको नि:शुल्क उपचार गरिदिने भएको छ।

महानगरले अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगरमा गएमा नि:शुल्क उपचार गरिदिने जनाएको छ। महानगरसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध रहेको जनाउँदै बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुने बताएको छ।

यस विषयमा थप जानकारी दिन नि:शुल्क टेलिफोन नम्बर ११८० मा वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने जनाएको छ। साथै महानगरले थप जानकारीका लागि यो https://freehealth.kathmandu.gov.np/ वेभसाइटमा सम्पर्क गर्न सकिने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *