गिरोदको शानदार गोलसंगै चेल्सीद्वारा नर्विच पराजित
काठमाडौं । ओलिभर गिरोदको गोलमा चेल्सी नर्विचलाई १–० ले पराजित गरेको छ । यो संगै ईङलिश प्रिमियर लिग (ईपीएल)मा चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा आफुलाई बलियो स्थितिमा राख्न सफल भएको छ ।
गिरोदले पहिलो हाफको ईन्जुरी समयमा क्रिश्चियन पुलिसिचको क्रसबाट हेडिङ गर्दे निर्णायक गोल गरे। यो जितसंगै चेल्सीले शनिबार शेफिल्ड युनाइटेडसंगको हारको घाउमा मलम लाउन सफल भएको छ । साथै चेल्सीले च्याम्पियन्स लिगमा आफ्नो स्थान आशा जिवितै राखेको छ ।
चेल्सीको ३६ खेलमा ६३ अंक रहेको छ भने लिस्टर र म्यान्चेस्टर युनाईटेडको समान ५९ अंक रहेको छ । तर यी दुबै टोलीले एक–एक खेल कम खेलेका छन ।
प्रतिक्रिया
Facebook Comment