प्रशिक्षक राईलाई आर्थिक सहयोग

डिसी नेपाल
३१ असार २०७७ १६:०५

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्सका सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको हो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरे । राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *