मलेसियन ओपनमा खड्का उत्कृष्ट निर्णायक

डिसी नेपाल
३१ असार २०७७ १६:२३

काठमाडौं । नेपालका अन्तरराष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तरराष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित भएका छन । उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायकहरु सहभागी थिए ।

प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन् । नेपालले एक स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको हो । मधुसूदन सापकोटाले स्वर्ण जितेका छन । उनले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का अध्यक्षसमेत रहेका खड्काले बताए ।

यस्तै नेपालकी प्रगति कुइँकेलले १३–१४ उमेर समूह तथा आयुश बोहराले १५–१७ उमेर समूहतर्फ रजत जिते । यसैगरी १०–१२ उमेर समूहमा भिजन तामाङ र यु–९ तर्फ प्रवीण श्रेष्ठले कास्य जिते । यसैगरी १८–३९ उमेर समूहमा पुष्पप्रसाद गौतम र चन्दु शाहीले रजत जिते । महिला १५–१७ उमेर समूहमा अस्मिता नगरकोटीले कास्य जितिन । मङ्गलबार सम्पन्न प्रतियोगितामा १२ देशका ३७५ खेलाडीको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.