चार्टर्ड उडानका टिकट बेच्न यूएईमा बिचौलीयाको विगविगी

डिसी नेपाल
३१ असार २०७७ २०:२०

काठमाडौँ । आबुधाबीस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा महँगोमा हवाइ टिकट बिक्री गरे कारवाही गर्ने चेतावानी दिएको छ । कोरोना महामारीका कारण  समस्यमा परी यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरु बिचौलीयाबाट ठगिएका गूनासो आउन थालेपछि दूतावासले यस्तो चेतावानी दिएको  हो।

दूतावासले बुधबार एक सूचना जारी गर्दै सरकारले तोकेभन्दा बढी भाडा नर्तिन सचेत गराएको छ । सरकारले नेपाल एयरलाइन्सका लागि दुबईबाट ३६० अमरिकी डलर र हिमालय एयरलाइन्सका लागि आबुधाबीबाट ३८५ डलर भाडादर तोकेको छ । त्यस्तै अन्य विदेशी एयरलाइन्सका हकमा पनि सम्बन्धित सेवा प्रदायक कम्पनीले तोकेभन्दा बढी पैसा नर्तिन समेत दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्कन लागेका नेपालीहरुलाई राम्ररी बुझेर मात्रै टिकट खरिद गर्न दूतावासले सुचित गरेको छ । सरकारले तोकेको भन्दाबढी भाडा असु्ल गरी कसैले हवाइ टिकट किनबेच गरेमा कारवाही गरिने चेतावनी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *