सम्भवतः इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ, ओबामा, बिल गेट्ससहित दर्जनौं हाइप्रोफाइल शिकार

डिसी नेपाल
१ साउन २०७७ ८:५५

काठमाडौं। ट्वीटरमा सम्भवतः इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ भएको छ । ह्याकरहरुले विश्वका ठूला–ठूला हस्तीहरुको ट्वीटर ह्याक गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, आउँदो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जो बिडेन, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतका दर्जनौं शक्तिशाली र हाइप्रोफाइल हस्तीहरु ह्याकरको शिकार भएका छन् । यीसँगै संसारकै धनीहरुमध्येका जेफ बेजोस, बिल गेट्स, एलन मस्क लगायत दर्जनौं ठूला व्यवसायीहरु पनि ह्याकरको शिकार भएको बीबीसीले जनाएको छ

ह्याक गरिएका अकाउन्टबाट ह्याकरहरुले पोस्ट पनि गरेका छन् । पोस्टमा बिटक्वाइनको रुपमा दान मागिएको छ । ह्याक गरेर फर्जी ट्वीट गरिएको छ । फर्जी ट्वीटमा दुई गुणा फिर्ता गर्ने भन्दै बिटक्वाइन दान मागिएको छ । पोस्ट गरेको केही मिनेटमै यी ट्वीट डिलिट गरिएका छन् । तर, यो केही मिनेटकै अवधिमा मानिसहरुले ह्याकरहरुलाई एक लाख डलरभन्दा धेरे पठाइसकेका थिए । यस सम्बन्धमा ट्वीटरले यो आफ्नो लागि चुनौतीपूर्ण समय भएको प्रतिक्रिया दिएको छ । ट्वीटरले यो समस्या ठिक गर्न आफ्नो टिमले काम गरिरहेको जनाएको छ ।
को–को भए ह्याकरको शिकार ?

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बिडेन, इजरायलका प्रधानमंत्री बेन्जामिन नेतन्याहु, टेस्लाका सीईओ एलन मस्क, अमेजनका सीईओ जेफ बेजोस, अमेरिकाका चर्चित र्याकपर कान्ये वेस्ट, अमेरिकाकी टीभी स्टार किम कार्दाशियन, माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, वर्कशायर ह्याथवेका सीइओ वारेन बफेट, माइक ब्लूमबर्ग, अमेरिकाका मशहूर र्यामपर विज खलीफा, यूट्यूबर मिस्टर बीस्ट, उबर कम्पनी, एपल कम्पनीको कर्पोरेट अकाउन्ट पनि ह्याकरको शिकार भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *