अष्ट्रेलियन टिमको घोषणा, म्याक्सवेलको पुनरागमन

डिसी नेपाल
१ साउन २०७७ १६:०५

काठमाडौं । ईङल्यान्ड बिरुद्वको लिमिटेड ओभरको सिरिजको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले २६ सदस्य खेलाडीहरुको नामाबली सार्वजनिक गरेको छ । टोलीमा ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा सहित अन्य ३ अनक्याप्ड खेलाडीहरुको पुनरागमन भएको छ । साथै टिममा पिटर ह्यान्डसकम, शान मार्स र नाथन कुल्टरले स्थान बनाउन सकेनन । अनक्याप्ड खेलाडीहरुमा ड्यानियल सेम्स, रिले मेरेडिथ र जोश फिलिप रहेका छन । पछिल्लो बर्ष अक्टुबरदेखी म्याक्सवेलले अष्ट्रेलियाको लागि कुनैपनि खेल खेलेका छैनन ।

अष्ट्रेलिया र ईङल्यान्ड बिच सेप्टेम्बरमा सिमित ओभरको क्रिकेट सिरीज युकेमा हुने चर्चा चलिरहेको छ । सिरीज हुने पुष्टि भएपछि टिमको अन्तिम खेलाडीहरु छनौट हुनेछन । सिरीजमा ३ एकदिवसीय र ३ टि २० अन्तराष्ट्रिय हुने तय भएको छ ।

क्रिकेट अष्ट्रेलियाका कार्यकारी महाप्रबन्धक बेन ओलिवरले टिम तयार गर्न जस्तोसुकै सहकार्य गर्न हामी कटिबद्ध रहेको बताए । उनले भने, “ईसीबी लामो समयदेखी एक बहुमूल्य अन्तर्राष्ट्रिय क्रिकेट साझेदार हो र हामी यो यात्रा पूरा गर्न यथाशक्य गर्नेछौं।हामीले ईसीबी र सरकारी एजेन्सीहरूसँग काम गर्न जारी राखेका छौ र उपयुक्त समयमा टुरको निर्णय हुनेछ।”

प्रारम्भिक अष्ट्रेलियन टिम ः सिन एबट, एस्टन एगर, एलेक्स क्यारी, प्याट कमिन्स, आरोन फिन्च, जोश हेजलवुड, ट्राभिस हेड, उस्मान ख्वाजा, मारानस लाबुस्गेन, नेथन लियोन, मिशेल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, रिले मेरिडिथ, माइकल नेरीड, फिलिप, डेनियल साइम्स, डी आर्सी शर्ट, केन रिचर्डसन, स्टीवन स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्र्यू टाय, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जम्पा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.