नबिल बैङ्कको ३६औं वार्षिकोत्सव अफर

डिसी नेपाल
१ साउन २०७७ १९:१३

काठमाडौं। नबिल बैङ्कले वार्षीकोत्सवका अवसरमा ‘३६ औं वार्षीकाेत्सव योजना’ ल्याएको छ। महामारीलाई मध्यनजर गर्दै, सम्पूर्ण ऋणी ग्राहकहरूकाे  आवश्यकतालाई सहज पार्ने उद्देश्यले याेजना ल्याएकाे बैङ्कले जनाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै बैङ्कले उक्त योजना ल्याएको जनाएको हो।

‘जस अन्तर्गत बैङ्कले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ,’ विज्ञप्तिमा भनिएको छ।

बैङ्कका अनुसार घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याज छुट दिइने छ।

सिमित समयको लागि बैङ्कले ल्याएको विशेष छुट वार्षीकाेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिने बैङ्कले जनाएको । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैङ्कले विश्वास गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *