फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

डिसी नेपाल
२ साउन २०७७ १३:४३

सिन्धुपाल्चाेक। भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ। स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए। बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए। ती मध्ये दुई जनाको शव फेला परेको छ। सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *