वेस्ट ह्याम युनाइटेडसँग वाट्फोर्ड पराजित
काठमाडौं । ईङलिश प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।
मिचेल एन्टोनियोले खेल शुरू भएको छैठौँ मिनेटमै गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए र त्यसको ४ मिनेटपछि टोमस साउचेकले अर्को गोल थपेका थिए। त्यस्तै अर्को गोल ३६औँ मिनेटमा डेक्लन राइसले प्रहार गरेका थिए ।
खेल वेस्ट ह्यामको आफ्नै मैदानमा भएको खेलमा विपक्षी टोली वाट्फोर्डका लागि एकमात्र गोल ट्रोय डिनीले ४९औँ मिनेटमा गरेका थिए ।
जितसँगै महत्त्वपूर्ण तीन अंक बटुल्दै वेस्ट ह्याम ३७ अंकसहित तालिकाको १५ औँ स्थानमा उक्लिएको छ। योसँगै वेस्ट ह्याम लिगको रेलिगेसनबाट पनि बचेको छ ।
प्रतिक्रिया
Facebook Comment