प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी

डिसी नेपाल
३ साउन २०७७ १७:४९

काठमाडौं । युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै उत्कृट जुनियर खेलाडी भएका छन्। ब्याडमिन्टन एसियाले युवा स्टार दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी बताएको छ।

एसिया ब्याडमिन्टनले प्रिन्स वर्तमान अवस्थामा एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन् ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् । ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ । त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *