सिटिलाई हराउँदै आर्सनल फाईनलमा

डिसी नेपाल
४ साउन २०७७ १५:०९

काठमाडौ । म्यान्चेष्टर सिटिलाई पराजित गर्दै आर्सनल एफ ए कपको फाईनलमा प्रवेश गरेको छ । अब आर्सनलले एफ ए कपको उपाधिको लागि अगष्ट १ मा चेल्सी वा म्यान्चेष्टर यूनाइटेडमध्ये एकको सामना गर्ने भएको छ ।

शनिबार राति सम्पन्न खेलमा आर्सनलले म्यान्चेष्टर सिटिलाई २–० ले गर्यो । आर्सनलका लागि पिएरी एमेरिक अबमेयाङ्ग एक्लैले दुबै गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा निकोलस पेपेको क्रसलाई गोल पोष्टको दिशा दिदा सिटिले अबमेयाङ्गलाई गोल गर्न बाट रोक्न सकेन ।

दोस्रो हाफको सुरुदेखि नै खेल नियन्त्रणमा राखेको सिटिले खेलको उत्तराद्र्धतिर खलबलिन पुग्दा अबमेयाङ्गले ७१ औं मिनेटमा गोल दोब्बर गर्दै आर्सनललाई उपाधिको होडसम्म पुर्याउन सफल भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *