ठेकादारसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोली पुगेपछि…
काठमाडौं। एकजना सव इन्जिनियर आइतबार घुससहित पक्राउ परेका छन्। अख्तियारका अनुसार बारा, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कलैयाका सव इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। उनी घुस रकम साथीलाई दिएर भाग्नै लाग्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
सव इन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले उनलाई पक्राउ गरेको हो। सो प्रकरण्मा चन्दन जैसवाल पनि पक्राउ परेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment