कीर्तिपुरको सुकुम्बासी बस्तीमा बाढी पस्यो, ५ परिवार विस्थापित [फाेटाे फिचर]

डिसी नेपाल
५ साउन २०७७ १५:३५
4
Shares

काठमाडौं। कीर्तिपुर नगरपालिकाको वडा नं. १० को सुकुम्बासी बस्तिमा बाढी पस्यो। आइतबारदेखि लगातार परेको पानीका कारण आएको बाढी पस्दा सुकुम्बासी टोलका ५ पिरवार जनालाई अन्यत्र सारिएको छ। सुकुम्बासीले बनाएको टहर, गाईगोठ सबैमा बाढी पस्ने क्रम जारी छ।

दिउँसो आएको बाढीका कारण जनधनको हताहति नभए पनि स्थानीयमा त्रास कायम छ। बास बस्ने ठाउँमा पानी पसिसकेको छ। उनीहरुलाई स्थानीय प्रहरी चौकीमा राखिएको भने पनि प्रहरीले भित्र बस्न नदिएको स्थानीयले गुनासो गरेका छन्। उनीहरुका अनुसार प्रहरी चौकी बाहिर त्रिपाल उनीहरुलाई राखिएको छ। तर, त्यहाँ व्यवस्थित नभएको उनीहरुको गुनासो रहेको छ।

डिसी नेपालसँगको प्रत्यक्ष कुराकानीमा उनीहरुले भने, ‘हामीलाई पुलिस चौकीमा राखिएको छ। तर, भित्र बस्न दिएका छैनन्। बाहिर उभिनु पर्छ। उभिँदा उभिदाँ खुट्टा दुखेर फेरी फर्केका हौं।’ ‘विहान चौकीमा लिइएको हो।’ उनीहरुले भने, ‘डिएसपी साप आउनु भयो भन्दै बाहिर लखटे। पानी रोकियो जाउ भने र हामीलाई पठाइदिए। हामी फर्किएर आयौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *