वर्षा राउतको धमकेदार गीत हेर्नुहोस् (भिडियो सहित)
काठमाडौँ । आउदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ। आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन्।
पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन्। गीतमा शब्द पनि उनकै रहेको छ। दशैंको माहोल झलिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल वर्षा राउत देखिएकी छिन्।
प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई यसमा चित्रण गरिएको छ। आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन्।
पछिल्लो समय गीत ‘मनमगन’ मार्फत चर्चामा आएका सुव्रतले यसगीतलाई पनि फिल्मी रुपमा तयार गरेका छन्। गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन्।
(हेर्नुहोस् भिडियो)
No ads found for this position

डिसी नेपाल
Facebook Comment