क्रिसटल प्यालेसलाई पराजित गर्दै वोल्भस युरोपा लिग नजिकै

डिसी नेपाल
६ साउन २०७७ २३:२१

काठमाडौं । वोल्भसहम्पटनले क्रिसटल प्यालेसलाई २–० ले पराजित गर्दै युरोपा लिग छनौट नजिक पुगेको छ । यो जितसंगै शेल्फिड यूनाईटेडको युरोपा लिगमा छनौट हुने आशा टुटेको छ । डेनियल पोडेन्स र जोनाथन कास्ट्रोको गोलमा वोल्भसले टोटनहमलाई पछाडि पार्दै ईङलिश प्रिमियर लिगमा छैठौं स्थानमा उक्लिएको छ ।

वोल्भसले आफुलाई छैठौं स्थानमा बलियो बनाउन कठिननै देखिन्छ, किनभने टिमले आफ्नो अन्तिम खेल चेल्सीसंग खेल्न बाकिनै रहेको छ । चेल्सी पनि आफुलाई च्याम्पियन्स लिगमा छनौट गराउन लागिपरेको छ । टोटनहमले क्रिसटल प्यालेसको सामना गर्न बाकिनै रहेको छ । क्रिसटल प्यालेसले अहिले सम्म लगातार सात खेलमा पराजय व्योहोरेको छ । आठौं स्थानमा रहेको शेल्फिडले एवर्टन बिरुद्वको खेलमा १–० को पराजय व्योहोरेको छ । वोल्भसको जितपछि शेल्फिडले अब युरोपा लिगमा स्थान बनाउन असफल भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *