आयरल्यान्ड बिरूद्धको श्रृंखलाको लागि मोइन अलीलाई महत्वपूर्ण जिम्मेवारी

डिसी नेपाल
७ साउन २०७७ ०:०२

काठमाडौं । इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले आयरल्यान्ड बिरूद्धको एकदिवसीय श्रृंखलाको लागि टिमका उप कप्तानका रूपमा अलराउण्डर मोईन अलीलाई चयन गरेको छ। आयरल्यान्ड बिरूद्धको तीन खेलको एकदिवसीय श्रृंखला जुलाई ३० देखि विनादर्शक खाली स्टेडियममा हुनेछ। खेलाडीहरु जुलाई १६ देखी प्रशिक्षणमा रहेका छन, आयरल्यान्ड बिरूद्ध प्रतिस्पर्धाको लागि टोलीको घोषणा हुन बाँकीनै रहेको छ।

आगामी हप्ता ईङल्यान्ड लायन्स र आयरल्यान्ड बिचहुने अभ्यास खेलपछि मात्रै टोलीको घोषणा हुनेछ । मोइनका यो समीकरणमा खेल्ने खेलाडी हुन । तर जो रुट, जोस बटलर र बेन स्टोक्स हाल टेस्ट टिममा भएको कारण उनीहरुले आयरल्यान्ड बिरुद्वको एकदिवसीय सिरीज खेल्ने सम्भावना कम छ ।

वेस्टईन्डिज बिरुद्धको टेस्ट श्रंखला जुलाई २८ मा सकिदैछ र त्यसको एक हप्ता पछि अगस्ट ५ मा ईङल्यान्डले पाकिस्तानसँग खेल्ने तालिका रहेको छ। यद्यपि मोइन अली पछिल्लो केहि बर्षदेखी ओडीआई टिमका महत्वपूर्ण खेलाडी बनेका छन। यो श्रृंखलामा इयोन मोर्गनसँग पनि आफूलाई कप्तान साबित गर्ने मौका रहेको छ। इङल्यान्डका लागि १०१ एकदिवसीय खेल खेलेका मोइन अलीले अन्तिम केहि एकदिवसीय खेलहरूमा राम्रो गर्न सकेका छैनन। यस्तो अवस्थामा यो सिरीजमा उनीमाथि दबाब अवश्य हुनेछ। उनले विश्वकपदेखि अहिलेसम्म एक मात्र ओडीआई खेलेका छन जुन फेब्रुअरीमा दक्षिण अफ्रिका बिरूद्ध भएको थियो । आयरल्यान्ड बिरूद्धको सिरीजमा चयनकर्ताहरूले नयाँ खेलाडीहरूलाई मौका दिने सम्भावना रहेको छ ।

ईङल्यान्डले सेप्टेम्बरको पहिलो हप्तादेखी अष्ट्रेलिया बिरुद्व तिन एकदिवसीय र टि २० खेल्ने तालिका रहेको छ । तर पाकिस्तान बिरुद्वको टेस्ट सिरीजमा रुट, स्टोक्स र बटलर टिममा पर्छन या पर्दैनन त्यो हेर्न बाकिनै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *