महिला एकदिवसीय विश्वकप अन्यौलमा

डिसी नेपाल
७ साउन २०७७ ०:३७

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोविड १९ महामारीको कारण अक्टुबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने पुरुष ट्वान्टी २० विश्वकप स्थगित गरेको छ। यस्तो अवस्थामा महिला एकदिवसीय विश्व कपको आयोजन पनि अन्यौलमा परेको छ ।

महिला विश्व कप २०२१ न्युजिल्यान्डमा आयोजना हुने छ। न्यूजील्याण्ड क्रिकेट (एनजेडिसी) का अध्यक्ष ग्रेग बार्कले आगामी दुई हप्तामा महिला विश्व कपको आयोजना बारे निर्णय लिने बताएका छन ।

आईसीसीको टिप्पणी पछि सोमबार बार्क्लेको बयानमा भनिएको छ “६ फेब्रुअरीदेखि ७ मार्च सम्म न्यूजील्याण्डमा आयोजना हुने प्रतियोगिताको तालिका कोरोना भाइरस महामारीको खतराको बाबजुद अझै परिवर्तन गरिएको छैन।”

बार्कले रेडियो न्यूजील्याण्डलाई भने, “यो निर्णय (एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप) अर्को दुई हप्तामा गरिनेछ।” उनले भने, “यदि यस प्रतियोगितालाई स्थगित गर्नु पर्ने आवश्यकता छ भने समयमै जान्नु राम्रो हुन्छ, र त्यस्तै गरी यदि प्रतिस्पर्धा हुने हो भने हामीले अन्तिम निर्णय लिनु पर्छ ताकि हामीले फेब्रुअरीमा विश्वकप आयोजान गर्न सक्नेछौं। हामीलाई प्रतियोगिता आयोजनका लागि आवश्यक स्रोत र साधनहरू जुटाउन पर्याप्त समयको पनि आवश्यकता पर्दछ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *