पेट्रोल बम भेटिएपछि ग्रीस कप फाइनल स्थगित

डिसी नेपाल
७ साउन २०७७ १:१३

काठमाडौं । सुरक्षाको कारणले ग्रीस कप फुटबल प्रतियोगिताको फाइनल स्थगित गरिएको छ । प्रहरीले खेल स्थल नजिकै लुकाइएर राखेको अवस्थामा पेट्रोल बम र काठका बल्लाहरू भेट्टाएपछि फाइनल स्थगित गरिएको हो । प्रतियोगिताको फाईनल खेल एथेन्स र ओलम्पियाकोस बिच उत्तर एथेन्सको जर्जेज कामारास स्टेडियममा हुने तय भएको थियो।

ग्रीस फुटबल संघले हाल खेल स्थगित गर्दै नयाँ मिति र सम्भावित नयाँ ठाउँ खोजिने जनाएको छ। सोमबार प्रहरीले स्टेडियमको नजिकको पार्कमा १८ पेट्रोल बम र १२ वटा ठूला काठका बल्लाहरू बरामद गरेको थियो । पछिल्लो महिना लकडाउन हटाएपछि ग्रीसमा बिना दर्शक फुटबल प्रतियोगिताहरू आयोजना भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *