जो मानिस मुर्खको संगत गर्छन्, उनीहरुले सधैं दुःखको सामना गर्नुपर्छ

डिसी नेपाल
७ साउन २०७७ ८:२९

काठमाडौं। जो मानिस मुर्ख व्यक्तिसँग बस्छन् र त्यस्ता व्यक्तिको संगत गर्छन्, उनीहरु बुद्धिमान मानिसको विरोध गर्छन् अनि उनीहरुले दुःखको सामना गर्नुपर्छ।
आचार्य चाणक्यले नीति शास्त्रको रचना गरेका थिए।

यस शास्त्रमा जीवनलाई सुखी, शान्त र सफल बनाउने नीति उल्लेख गरिएको छ। यदि चाणक्यका यी नीतिलाई दैनिक जीवनमा अपनाइयो भने जीवनमा धेरै दुःखको सामना गर्नुपर्दैन। चाणक्य नीतिको तेस्रो अध्यायको २१ औं श्लोकमा भनिएको छ–

मुर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।

यो नीतिमा चाणक्यले भनेका छन्–जहाँ मुर्खको पूजा हुँदैन, त्यहाँ मात्र ज्ञानीको सम्मान हुन्छ। जहाँ बुद्धिमान मानिसको कुरा मानिन्छ, त्यहाँ सुख, शान्ति कायम हुन्छ। बुद्धिमान मानिसको संगत गर्दा हाम्रो समस्या समाधान भएर जान्छ। जो मानिस मुर्ख व्यक्तिसँग रहन्छन् र बुद्धिमान मानिसको विरोध गर्छन्, उनीहरुले जीवनमा दुःख पाउँछन्।

जो मानिस धन–धान्य प्रयाप्त मात्रामा संग्रहित गर्छन्, अन्नको एक दाना पनि व्यर्थ फाल्दैनन्, त्यस्ता मानिसको घरमा कहिल्यै पनि अन्नको कमी हुँदैन। यसकारण कहिल्यै पनि एक दाना पनि अन्न खेर फाल्नु हुँदैन। जुन घरमा श्रीमान, श्रीमतीबीच विवाद हुँदैन, सबैजना प्रेमपूर्वक रहन्छन्, त्यहाँ सुख, शान्ति कायम हुन्छ। श्रीमान, श्रीमतीबीच सधैं प्रेम हुनुपर्छ। घरमा शान्तिपूर्ण रुपमा बस्छन् भने उनीहरुको वैवाहिक जीवन सधैं सफल हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *