सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

डिसी नेपाल
७ साउन २०७७ १४:१२

जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका–५ दम्दालामा कालिजपालन शुरु गरिएको छ। पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले १० लाख अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गरेका हुन्। कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिलो चरणमा २५० वटा कालिजपालन गरेर व्यावसायिक अभ्यास गरिएको मल्लले जानकारी दिए।

पर्यटकीय सम्भावना बोकेको दम्दालामा कालिजपालन शुरु गरेसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि पहलकदमी शुरु भएको छ। यो वर्ष कालिजपालनको अवस्था हेरेर अर्को वर्ष पनि सहयोग हुनसक्ने कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताए।

आलु र सुन्तलाको पकेटक्षेत्र रहेको दम्दालामा कालिजपालनले थप आयआर्जन हुने विश्वास लिइएको छ। त्यस्तै डोल्पाको सदरमुकाम दुनैमा पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहयोगमा नन्दलक्ष्मी थापाले कालिजपालन शुरु गरेकी छन्। जम्मा ८९ वटा कालिजपालन गरेको थापाको भनाइ छ। यो पटक ८९ कालिज, १५० बटइ र १६ लौकाटको पहिलो चरणमा व्यावसायिक रुपमा पालन शुरु गरिएको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *