भेरी अस्पतालका अपरेटर १६ लाख रुपैयाँसहित अख्तियारको फन्दामा

डिसी नेपाल
८ साउन २०७७ १९:२२

काठमाडौं। बाँकेको भरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ परेका छन्। उनी स्रोत नखुलेको रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले छापा हानी खनाललाई पक्राउ गरेको अख्तियारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *