वीरगञ्जको नारायाणी अस्पतालमा मृत्यु भएकी किशोरी कोरोना संक्रमित

डिसी नेपाल
९ साउन २०७७ २०:३८
4
Shares

काठमाडौं। वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। शुक्रबार बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको अस्पतालले जवनाएको छ। अस्पतालले मृतक किशोरीम कोरोना संक्रमित रहेको पुष्टि भएकोसमेत अस्पतालले जनाएको छ।

ती युवतीलाई सुरुमा वीरगन्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरले कोरोनाको आशंका गर्दै आरडीटीमा पोजेटिभ देखिएपछि उनलाई बिहीबर नारायणी कोरोना विषेश अस्पतालमा भर्ना गरिएको जनाइएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *