आज साउन ११ गते, कस्ताे रहला आजकाे दिन, हेर्नुहाेस् राशिफल
आज मिति २०७७ साल श्रावण ११ गते आईतवार । सन् २०२० जुलाई २६ तारिख । श्रावण शुक्ल पक्षकाे षष्ठी तिथि । हस्ता नक्षत्र । सूर्य दक्षिणायन। वर्षा ऋतु। सूर्याेदय बिहान ५:२३ सूर्यास्त साझ ६: ५३ बजे ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै जिद्दी भएर अगाडि बढेमा अपजस आउन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफन्तहरूकाे सहयाेगबाट मात्रै कार्य सिद्धि हुने छ। धेरै बाेल्दा धन खर्चहुने सम्भावना रहेकाे छ। धार्मिक यात्राको याेग रहेकाे छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शरीरमा आलस्य बढ्नाले गर्न लागेका कार्यहरु ढिलागरी पूर्णहुने छन्। रमाइलो यात्राको सम्भावना रहेकाे छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) खर्चमा वृद्धिहुने हुँदा अनावश्यक खर्चबाट जाेगिनु भयाे भने नै शुभ हुने छ। लामाे तथा धार्मिक यात्राकाे संम्भावना रहेकाे छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामगर्नेहरुका लागि आजकाे दिन निक्कै शुभ रहने छ। व्यापारमा लगानी गर्दा फाईदाकाे याेग रहेकाे छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यक्रममार्फत धनआर्जन हुने छ। साथीहरूसंग भेटघाटको कार्यक्रम रहनेछ। यात्राबाट फाईदा हुने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यकाे सहायताले दिनभरि नै साेचेका कार्यहरु सफल हुनेछन्। नयाँ जिम्मेवारी प्राप्तिको याेग रहेकाे छ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु) कसैले आराेप लगाउन सक्ने भएकाले सावधानी पूर्वक कार्यगर्नुपर्ने देखिएको छ। भगवान् शिवकाे पुजा गरेमा शुभ फलमा वृद्धि हुन्छ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्त्रीकाे सहयाेगबाट गरिएको हरेक कार्य सिद्धिकाे याेग रहेकाे छ। भगवान् शिवकाे आरधना गरेमा शुभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) झुट्टा आराेप लाग्ने याेगरहेकाले विशेष सावधानी पुर्वक कार्यगर्नु पर्ने छ। भगवान गणेशकाे पुजा गरेमा शुभ हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो) रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
ज्याेतिष तथा वास्तुशास्त्री : सुरेशचन्द्र रिजाल, ९८५१०६११२४
No ads found for this position

डिसी नेपाल
Facebook Comment