जाजरकोटमा एकल महिलालाई सोलार वितरण

डिसी नेपाल
११ साउन २०७७ ८:३७

जाजरकोट । गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ। तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई÷दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए। एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उनले जानकारी दिए।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोेराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *