बलिउड अभिनेत्री पुनम पाण्डेले गरिन् इन्गेजमेन्ट
काठमाडौं। भारतीय अभिनेत्री पुनम पाण्डेले आफ्ना प्रेमी स्याम बाम्बेसँग इन्गेजमेन्ट गरेकी छन्। हट मोडल पाण्डे र स्याम बाम्बेले इन्गेजमेन्ट औंठि देखिएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन्। बाम्बेले आफ्नो इन्स्टाग्राममा सो तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘हामीले यो गरेका छौं।’ र पुनमले पनि त्यसमा सहमति जानाउँदै राम्रो अनुभव भएको उल्लेख गरेकी छन्।
पाण्डेले बलिउड फिल्म नशाबाट आफ्नो बलिउड यात्रा शुरु गरेकी थिइन्। २०१३ मा आएको सो फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन भने गर्न सकेन। पाण्डे फिल्मभन्दा निजी कुरालाई लिएर चर्चामा रहिरहन्छिन्। हालै लकडाउन उल्लंघन गरेको भन्दै मुम्बई प्रहरीले बाम्बे र पाण्डेमाथि मुद्दा पनि चलाएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment