आज श्रावण महिनाकाे दाेस्राे साेमबार, भगवान् शिवकाे दर्शन गर्दै हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१२ साउन २०७७ ६:४३

आज मिति २०७७ साल श्रावण १२ गते साेमबार । सन् २०२० जुलाई २७ तारिख । प्रमादी नाम्नी सम्बत्सर श्री सूर्य दक्षिणायन।  वर्षा ऋतु । श्रावण शुक्ल पक्षकाे सप्तमी तिथि बिहान ७:२५ बजे उपरान्त अष्टमी तिथि । चित्रा नक्षत्र वणिज याेग। चन्द्रमा आज तुला राशिमा ।काठमाडौंमा सूर्याेदय बिहान ५:२४ सूर्यास्त साझ : ६:५६ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सोचेजस्तै सफलता मिल्नेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। प्रेमको बन्धन कसिने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  भेटघाटले खुसियाली छाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट होला। मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  रोकिएका काम सुचारू हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  प्रेमको बन्धन कसिने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम हुनेछन्। आम्दानी पनि प्रशस्तै बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अनावश्यक खर्च हुने क्रम भने बढ्ने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  मान्यजनसँग मतमतान्तर बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *