सभापति देउवाले महाधिवेशन प्रभावित पार्न विभाग गठन गरेको पौडेल समूहको निश्कर्ष, भेटेरै असन्तुष्टि जनाउने तयारी
फाइल तस्वीर
काठमाडौं। महाधिवेशनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ। सभापति देउवाले महाधिवेशनको मिति तय भएर काम अगाडि बढिरहेका बेला धमाधम विभाग गठन तथा मनोनय गरेपछि पौडेल समूह असन्तुष्ट बनेको हो।
बुधबार पार्टी मुख्यालय सानेपामा भएको पौडेल समूहले सभापति देउवालाई भेटेरै आफ्नो असन्तुष्टि सुनाउने निर्णय गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले डिसी नेपालसँग भने, ‘महाधिवेशन हुने विश्वास दिलाउनु परो, महाधिवेशन प्रभावित हुने गरि केही गतिविधि गर्नु भएन, भन्ने हाम्रो निचोड छ। सभापति जीलाई भेटेरै यो विषयमा कुरा गर्ने हामी साथीहरुबीच छलफल भएको छ।’
यसअघि पनि पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी दिएका थिए। तर, निर्वाचन समितिले सो उजुरीमाथि कारबाही शुरु गरेको छैन। सभापति देउवाले भने विभागीय सदस्यहरुको मनोनयन गरिरहेका छन्। काँग्रेसको महाधिवेशन आगामी फागुन ७ देखि सम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।
तर, सो मितिमा पनि महाधिवेशन नहुने हो की भन्ने आशंकमा पौडेल समूह छ। त्यतिमात्र होइन पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पार्टी कब्जा गर्ने गरि अगाडि बढेको आरोप पौडेल समूहको छ।
पाैडेल समूहले सानेपमा भेला गरेर सभापित देउवाले महिधवेशन प्रभावित पार्न मनोनय गरेको निश्कर्ष निकालिरहेका बेला सभापति देउवाले बुधबारै पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा गठन गठन गरेका छन्। देउवाले सो सभामा ४६९ जना सदस्य मनोनय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment