कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फाइल
गण्डकी । लगातारको वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढेपछि जिल्ला प्रहरी कार्यालय, म्याग्दीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर नदीमा बहाव बढेकोले प्रहरीले नदी किनार र जोखिमयुक्त क्षेत्रहरूमा नजान तथा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको हो।
तटीय क्षेत्रमा आउन सक्ने सम्भावित विपद्जन्य जोखिमलाई दृष्टिगत गर्दै सतर्क रहन सूचित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
‘माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ। कालीगण्डकी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment