चलचित्र ‘कथा काठमान्डु’को नयाँ गीत ‘तिमीलाई हेर्न पाउ’ (भिडियो सहित)

डिसी नेपाल
२५ असोज २०७५ ५:५२

काठमाडौँ । चलचित्र ‘कथा काठमान्डु’को नयाँ गीत सार्वजनिक भएको छ। तिमीलाई हेर्न पाउ बोलको गीत हिजो हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा गायक कमल खत्री र गायिका श्रेया सोटाङको आवाज रहेको छ भने गायक खत्री कै संगीत तथा शब्द रहेको छ। यस अघि चलचित्रको अन्य केही गीतहरू सार्वजनिक भइसकेका छन् । यही चलचित्रको सार्वजनिक एक गीत ‘रातको कुरा’ भने निकै विवादित बनेको थियो।

यो चलचित्रलाई सङ्गीता श्रेष्ठले निर्देशन गरेकी हुन्। चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा कथा निर्देशक स्वयंमको रहेको छ। लुजा सिंहको छायाङ्कन रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन्। चलचित्र असोजको १२ गतेबाट प्रदर्शनमा आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *